close

तरकारी पकेट विकास कार्यक्रम गर्दै तारकेश्वर

तरकारी पकेट विकास कार्यक्रम गर्दै तारकेश्वर

Trulli
ADVERTISEMENT

काठमाडौं । तारकेश्वर नगरपालिकाले पकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै पकेट विकास कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

नगरपालिकाको अनुसार ५० प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषक, कृषि समूह, सहकारी, उपभोक्ता समिति तथा फार्मले सूचना प्रकासित भएको ३० दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

कार्यक्रम पालिकाभित्रका सबै वडामा सञ्चालन हुने नगरपालिकाले जनाएको छ । आवश्यक कागजातसहित आवेदन दिन सक्ने छन् । सो कार्यक्रममार्फत तरकारी बालीको साना व्यवसायिक कृषि उत्पादन केन्द्र सञ्चालन गर्ने सो सूचनामा उल्लेख गरिएको छ ।