तनहुँ । आँबूखैरेनी गाउँपालिकाले मेलमिलापकर्तामा सूचीकृत हुन अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो ।
गाउँपालिकाको अनुसार विभिन्न मेलमिलापकर्तालाई सूचीकृत गर्न लागेको हुँदा पालिकाले सो अनुरोध गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले बैशाख ५ गतेभित्र सम्बन्धित वडा कार्यालयमा आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।
मेलमिलापसम्बन्धि तालिम लिएको, कुनै राजनीतिक दलमा आबद्ध नभएको, समाजसेवीको रुपमा परिचित व्यक्तिले नागरिकताको प्रतिलिपि, दुई वटा फोटोसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।