close

५० प्रतिशत अनुदानमा पशु विमा गर्दै कोन्ज्योसोम

५० प्रतिशत अनुदानमा पशु विमा गर्दै कोन्ज्योसोम

Trulli
ADVERTISEMENT

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले अनुदानमा पशु बिमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालन गर्न लागेको जनाइएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाले सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । गाउँपालिकाको अनुसार कार्यक्रमबाट ५० प्रतिशत अनुदानमा पशु विमा गरिने छ । 

कार्यक्रममा सहभागी हुन चाहने कृषक तथा फार्मले सूचना प्रकासित भएको ३० दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । आवश्यक कागजातसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरेको छ ।