close

सुरक्षित नागरिक आवास कार्यक्रममा सूचीकृत हुन अनुरोध

सुरक्षित नागरिक आवास कार्यक्रममा सूचीकृत हुन अनुरोध

Trulli
ADVERTISEMENT

मोरङ । बेलबारी नगरपालिकाले सुरक्षित नागरिक आवास कार्यक्रममा सूचीकृत हुन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ बमोजिम लाभग्राहीको सूचीमा सूचीकृत हुन योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्ने छन् । पालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने व्यक्तिले आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

आवश्यक कागजातसहित आवेदन दिन दिएका व्यक्तिलाई प्राथमिकता दिइने नगरपालिकाले जनाएको छ ।