close

धानको वीउ माग संकलन गर्दै चापाकोट

धानको वीउ माग संकलन गर्दै चापाकोट

Trulli
ADVERTISEMENT

स्याङजा । चापाकोट नगरपालिकाले धानको वीउ माग संकलन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै वीउ माग संधलन गर्ने जनाएको हो । 

नगरपालिकाको अनुसार खाद्यान्न बालीको उन्नत वीउ मूल्य अनुदान कार्यक्रम सञ्चालन गर्नका लागि माग संकलन गर्न लागेको हो । सो कार्यक्रममार्फत ५० प्रतिशत अनुदानमा धानको वीउ वितण गर्ने नगरपालिकाले जनाएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी तथा समूहले चैत्र २८ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाएको छ । नगरपालिकाले विभिन्न धानको वीउ वितरण गर्ने सो सूचनामा उल्लेख गरिएको छ  ।