close

दुल्लूमा निःशुल्क सिपमुलक तालिम सञ्चालन हुँदै

दुल्लूमा निःशुल्क सिपमुलक तालिम सञ्चालन हुँदै

Trulli
ADVERTISEMENT

दैलेख। दुल्लू नगरपालिकाले निःशुल्क सिपमुलक तालिम सञ्चालन गर्ने भएको छ। नगरपालिकाले बिहिबार एक सुचना जारी गर्दै विभिन्न सिपमुलक तालिम सञ्चालन गर्न लागेको जनाएको छ । तालिममा सहभागि हुन इच्छुक व्यक्तिले सुचना प्रकासित भएको ७ दिन भित्र आवश्यक कागजात सहित आवेदन दिन नगरपालिकाले अनुरोध गरेको छ। 

पालिकाको अनुसार इलेक्ट्रोनिक वायरिङ इन्जिनियर तालिम २० जनालाई, सिकर्मी आधारभूत तालिम २० जनालाई, टायल मार्बल फिनिसिङ तालिम २० जनालाई र कुक आधारभूत तालिम २० जनालाई प्रदान गर्न लागिएको हो।