close

लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै गोलन्जोर

लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै गोलन्जोर

Trulli
ADVERTISEMENT

सिन्धुली । गोलन्जोर गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार बागमति प्रदेशको चौथौं र पाँचौ तह (प्रशासन) को तयारी कक्षा सञ्चालन गर्न लागेको हो । कक्षा बैशाख ७ गतेदेखि बिहान ७ बजेदेखि सुरु हुने सो सूचनामा उल्लेख गरिएको छ । 

कक्षामा सहभागि हुन व्यक्तिले नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि बुझाउनु पर्ने गाउँपालिकाले जनाएको छ ।