close

करैयामाईद्वारा कृषि यन्त्र उपकरणमा अनुदानको लागि निवेदन माग

करैयामाईद्वारा कृषि यन्त्र उपकरणमा अनुदानको लागि निवेदन माग

Trulli
ADVERTISEMENT

बारा। करैयामाई गाउँपालिकाले कृषि यन्त्र उपकरणमा अनुदानको लागि निवेदन माग गरेको छ। गाउँपालिकाले मकै खेतीको लागी आवश्यक कृषि उपकरण ५० प्रतिशत अनुदानमा दिन लागेको हो।

गाउँपालिकाले बुधबार एक सुचना जारी गर्दै वडा नं २, ३, ४, ५, ६, ७ र ८ भित्रका मकै बाली प्रवर्द्धनमा आवद्ध कृषक, कृषि समुह तथा कृषि सहकारीलाई कृषि यन्त्रको लागि निवेदन पेश गर्न अनुरोध गरेको छ । 

यही वैशाख २० गतेसम्म गाउँपालिकाको कृषि शाखामा आवश्यक तोकिएको कागजासहित आवेदन पेश गर्न सकिने सो सुचनामार्फत गाउँपालिकाले जनाएको छ।