close

विपन्न महिला समुहलाई आय आजर्नका लागि अनुदान दिँदै पोखरिया

विपन्न महिला समुहलाई आय आजर्नका लागि अनुदान दिँदै पोखरिया

Trulli
ADVERTISEMENT

पर्सा। पोखरिया नगरपालिकाले पोषण सुधारका लागि विपन्न महिला समुहलाई आय आजर्नका लागि अनुदान दिने भएको छ । नगरपालिकाले व्यवसायिक कार्यक्रमका लागि ६ लाख २५ हजार रुपैँया अनुदान दिन छुट्याएको छ। 

नगरपालिकाले बिहिबार एक सुचना जारी गर्दै चालु आर्थिक वर्षको बहुक्षेत्रीय पोषण योजना अन्तर्गत महिला, बालबालिका तथा किशोर किशोरिमा रहेको कुपोषणको समस्यालाई हटाउन पोषणमा सुधार ल्याउन आवश्यक रहेको जनाएको छ । यसको लागि विपन्न परिवारको आयआर्जनमा सुधार गर्न अनुदान दिन लागिएको हो। 

यस कार्यक्रममा सहभागी हुन इच्छुक नगरपालिका भित्रका महिला सहकारि वा समुहलाई आवश्यक कागजातसहित १५ दिन भित्र आवेदन पेश गर्न नगरपालिकाले अनुरोध गरेको छ।