close

अपांगता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गर्दै नौकुण्ड

अपांगता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गर्दै नौकुण्ड

Trulli
ADVERTISEMENT

रसुवा । नौकुण्ड गाउँपालिकाले अपांगता भएका व्यक्तिहरुका लागि सहायता सामग्री माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सामग्री माग गर्न अनुरोध गरेको हो ।

गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । गाउँपालिकाले पालिका क्षेत्रमा बसोबास गर्ने अपांग भएका व्यक्तिको दैनिक जीवनयापन सहज बनाउनका लागि सामग्री वितरण गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार सम्बन्धित व्यक्तिले आवश्यक कागजातसहित बैशाख २१ गतेभित्र आवेदन दिन सक्ने छन् ।