close

एभोकाडो पकेट कार्यक्रम सञ्चालन गर्दै  नौकुण्ड

एभोकाडो पकेट कार्यक्रम सञ्चालन गर्दै  नौकुण्ड

Trulli
ADVERTISEMENT

रसुवा । नौकुण्ड गाउँपालिकाले फलफूल पकेट कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालन गर्ने जनाएको हो  । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम  अनुरुप एभोकाडो खेतीको सम्भावित क्षेत्र सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषक, फार्म तथा सहकारी संस्थाले सूचना प्रकासित भएको १४ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ । 

सो कार्यक्रममा कम्तीमा ५ रोपनी क्षेत्रफलमा सञ्चालन गर्नुपर्ने छ । सो क्षेत्रका लागि प्रति रोपनी ५ वटाको दरले ३० बोट एभोकाडोको विरुवा वितरण गर्ने सूचनामा उल्लेख गरिएको छ ।