close

तारको व्यवस्थापन गर्न सेवा प्रदायक संस्थालाई रत्ननगरको निर्देशन

तारको व्यवस्थापन गर्न सेवा प्रदायक संस्थालाई रत्ननगरको निर्देशन

Trulli
ADVERTISEMENT

चितवन। रत्ननगर नगरपालिकाले तारको व्यवस्थापन गर्ने निर्देशन दिएको छ। नगरपालिका क्षेत्रभित्रका मुख्य सडक पेटी तथा शाखा सडकहरुका विभिन्न स्थानमा विद्युतका पोलमा विभिन्न नेट तथा केबल सेवा प्रदायक कम्पनीहरुले अव्यवस्थित रुपमा तार झुण्ड्याएर राखिएको पाइएको नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै जनाएको छ।

यस्ता तारहरुले नगरपालिकाको सौन्दर्यिकरणलाई करुप बनाउँदै गएको र आगोलागी जस्ता विपदको डर हुने भएकाले नगरपालिकाले बजार क्षेत्रको तार केबल प्रदायक कम्पनीसँग मिलेर व्यवस्थापन गरेको थियो। त्यसबाहेकका क्षेत्रमा सेवा प्रदायक संस्थालाई आफै व्यवस्थापन गर्न निर्देशन दिएकोमा त्यसको वेवास्ता भएको पाइएको सूचनामा उल्लेख छ । 

सूचना प्रकासित भएको १५ भित्र बाँकी अव्यवस्थित तार व्यवस्थापन नगरेमा र नयाँ जोडिने तारहरु व्यवस्थित गरि नजोडेमा आवश्यक कारबाहीको प्रकृया अघि बढाउने नगरपालिकाले चेतावनी दिएको छ।