close

अनुदानमा काउ म्याट वितरण गर्दै गोकर्णेश्वर

अनुदानमा काउ म्याट वितरण गर्दै गोकर्णेश्वर

Trulli
ADVERTISEMENT

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले काउ म्याट वितरण गर्ने भएको छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै काउ म्याट वितरण गर्ने जनाएको हो । 

सूचनाको अनुसार नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप ५० प्रतिशत अनुदानमा म्याट वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति तथा कृषकले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ । 

आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ । हद म्याद नाघी र रीत नपुगी आएको आवेदनमा कुनै सुनुवाई नहुने नगरपालिकाले जनाएको छ ।