close

पालिका लोगो बनाउँदै चौंरीदेउराली

पालिका लोगो बनाउँदै चौंरीदेउराली

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक - चौंरीदेउराली गाउँपालिकाले पालिका लोगो (प्रतिक चिन्ह) निर्माण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिका लोगो निर्माण गर्न लागेको जनाएको हो । 

सूचनाको अनुसार गाउँपालिकाको ऐतिहासिक, सामाजिक, आर्थिक, साँस्कृतिक एवम् विशिष्ट क्षेत्रलाई समेटेर लोगो निर्माण गर्न लागेको हो । सूचना अनुसार पालिकाले निर्धारण गरेको मापदण्डमा रही लोगो निर्माण गरी गाउँपालिकामा पेश गर्न सकिने छ । 

लोगो निर्माण गरी भाद्र १५ गतेभित्र पालिकाको इमेलमा पठाउन सकिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चयन गरेको छनौट समितिमार्फत छनौट भएको उत्कृष्ट लोगोलाई प्रयोगमा ल्याउनुको साथै पुरस्कृत गर्ने सो सूचनामा उल्लेख गरिएको छ । 

लोगो निर्माण गर्ने आधार
१, समग्र गाउँपालिकाको ऐतिहासिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक, एवम् अन्य विशिष्ट पहिचान झल्कने हुनुपर्नेछ । 
२, महत्वपूर्ण एवम् प्राकृतिक स्थलहरु समेटिनु पर्नेछ । 
३, प्रयोग गरेका संकेतहरुको संक्षिप्त प्रयोग गर्नुपर्नेछ ।