close

गौरा पर्व संरक्षण गर्न दोगडाकेदारमा स्थानीय विदा

गौरा पर्व संरक्षण गर्न दोगडाकेदारमा स्थानीय विदा

Trulli
ADVERTISEMENT

बैतडी - दोगडाकेदार गाउँपालिकाले दुई दिन स्थानीय पर्व विदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै विदा दिने जनाएको हो । 

गाउँपालिकाको अनुसार आगामी बिहीबार र शुक्रबार सुदुरपश्चिममा  मनाइने गौरा पर्वको अवसरमा स्थानीय पर्व विदा दिएको हो । गाउँपालिकाले गौरा पर्वको संरक्षण गर्नको लागि विदा दिएको जनाएको छ । 

सो दिन गाउँपालिका अन्तर्गतको कार्यालय, स्वास्थ्य चौकी, विद्यालय बन्द रहने गाउँपालिकाले जनाएको छ ।