close

भोलि स्थानीय पर्व विदा

भोलि स्थानीय पर्व विदा

Trulli
ADVERTISEMENT

रौतहट - गौर नगरपालिकाले भोलि स्थानीय पर्व विदा दिएको छ । नगरपालिकाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोलि बुधबार स्थानीय पर्व विदा दिएको हो । 

नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै भाेलि एक विदा दिने जनाएको हो । नगरपालिकाको सार्वजनिक विदा घोषणासम्बन्धि कार्यविधि २०७५ को दफा ३ को १ बमोजिम स्थानीय पर्व विदा दिएको जनाएको छ । 

सो कार्यविधि अनुरुप पालिकाको अत्यावश्यक सेवाबाहेक नगर कार्यपालिकाको कार्यालय मातहका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था बन्द रहने सो सूचनामा उल्लेख गरिएको छ ।