close

आर्थिक सहायताको लागि स्थानीय तहबाटै निवेदन पेश गर्न सकिने

आर्थिक सहायताको लागि स्थानीय तहबाटै निवेदन पेश गर्न सकिने

Trulli
ADVERTISEMENT

मोरङ- लेटाङ नगरपालिकाले आर्थिक सहायताका लागि स्थानीय तहबाट निवेदन दिन सकिने जनाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै वैदेशिक रोजगारमा गएका कामदारको मृत्यु भए वैदेशिक रोजगार बोर्डमा आर्थिक सहायता पाउन सकिने जनाएको हो । 

आर्थिक सहायताको लागि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका मृतकका परिवारले स्थानीय तहबाटै निवेदन दिन सक्ने नगरपालिकाले सूचना मार्फत जानकारी दिएको छ । 

वैदेशिक रोजगारीको क्रममा श्रम स्वीकृतिको अवधि, करार अवधि कायम रहेका तथा वैदेशिक रोजगारबाट फर्की एकवर्ष भित्र कुनै पनि कारणले मृत्यु भएका व्यक्तिका परिवारले आर्थिक सहायताको निवेदन पेश गर्न सक्छन् । आर्थिक सहायता लिन चाहने पालिकाका स्थानीय हकवाला व्यक्तिले आवश्यक कागजातसहित लेटाङ नगरपालिकामा निवेदन पेश गर्न सक्ने सो सूचनामा उल्लेख छ ।