close

५० प्रतिशत अनुदानमा गहुँको बीउ

५० प्रतिशत अनुदानमा गहुँको बीउ

Trulli
ADVERTISEMENT

भक्तपुर– चाँगुनारायण नगरपालिकाले अनुदानमा गहुँको बीउ वितरण गर्ने भएको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै किसानलाई ५० प्रतिशत गहुँको बीउ वितरण गर्न लागेकाे हाे ।

सूचनाका अनुसार चालू आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा डब्लु के १२०४ उन्नत जातको गहुँको बीउ वितरण गर्ने नगरपालिकाका कृषि शाखा प्रमुख श्रवणकुमार पासवानले जानकारी दिएका छन्  । उक्त कार्यक्रम वडा नं १ देखि ९ सम्मका कृषक, कृषि समूह, कृषि सहकारी संस्थालाई आह्वान गरेकाे उनले बताए । 

इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी संस्थाले सूचना प्रकाशित मितिले १५ दिनभित्रमा  अर्थात् असोज २२ गतेसम्ममा आवश्यक कागजातसहित नगरपालिकामा आवेदन दिन सकिने छ ।