close

किसानलाई ५० प्रतिशत अनुदानमा बीउ तथा बेर्ना वितरण गर्दै रुरुक्षेत्र

किसानलाई ५० प्रतिशत अनुदानमा बीउ तथा बेर्ना वितरण गर्दै रुरुक्षेत्र

Trulli
ADVERTISEMENT

गुल्मी – रुरुक्षेत्र गाउँपालिकाले अनुदानमा घाँसको बीउ वितरण गर्ने भएको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै ५० प्रतिशत अनुदानमा घाँसको बीउ वितरण गर्ने जनाएको हो ।

चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार घाँसको बीउ तथा बेर्ना वितरण कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा वितरण गरिने गाउँपालिकाले जनाएको छ । अनुदानमा जई, भेच, वर्शिम, स्टाइलो तथा मिल्किंग घाँसको बीउहरुमा वितरण गरिने जनाएको छ ।

इच्छुक कृषक र फर्म र सहकारी र समूहले ७ दिनभित्रमा आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा आवेदन दिन सकिने पालिकाले जनाएको छ ।