close

अनुदानका लागि भीमेश्वरमा ९ प्रजातीका गहुँकाे बीउ सिफारिस

अनुदानका लागि भीमेश्वरमा ९ प्रजातीका गहुँकाे बीउ सिफारिस

Trulli
ADVERTISEMENT

दोलखा– भीमेश्वर नगरपालिकाले अनुदानमा गहुँको उन्नत बीउ वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै ५० प्रतिशतमा गहुँको उन्नत बीउ वितरण गर्न लागेको जनाएको हाे ।

चालू आर्थिक वर्ष २०८०र/०८१ को वार्षिक स्वीकृत नेपाल सरकारबाट हस्तान्तरित शसर्त अनुदानतर्फको कार्यक्रम खाद्यन्न बालि बीउ उपयोगमा मूल्य अनुदान कार्यक्रमअन्तर्गत ५० प्रतिशतमा उन्नत गहुँको बीउ वितरण गर्न लागेको नगरपालिकाले जनाएको छ ।

डब्लु के १२०४, स्वर्गद्धारी, मुडुले १, भेरीगंगा, हिमगंगा, खुमलशक्ति, कौटिला, तिला, सुर्मा र अन्य सूचिकृत सिफारिस जातहरु रहेका छन । इच्छुक गहुँ खेती गर्ने कृषक, कृषि फर्म, कृषि कम्पनी, कृषक समुह, कृषि सहकारीहरुले १५ दिन भित्रमा आवश्यक कागजातसहित भिमेश्वर नगरपालिकाको कृषि शाखा र वडा कार्यालयमा आवेदन दिन सकिने जनाएको छ ।