close

बीउ प्रशोधन केन्द्र सञ्चालनका लागि गेरुवामा बोलपत्र आह्वान

बीउ प्रशोधन केन्द्र सञ्चालनका लागि गेरुवामा बोलपत्र आह्वान

Trulli
ADVERTISEMENT

बर्दिया– गेरुवा गाउँपालिकाले बीउ प्रशोधन केन्द्र बोलपत्र आह्वान गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ को लागि  ठेक्काका लागि बोलपत्र आव्हान गरेको हो । 

गाउँपालिकाले सो कार्यक्रम सञ्चालन गर्नको लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाइएको छ । बोलपत्रमा आवेदन दिन चाहने व्यक्ति, फर्म, कम्पनी, तथा सहकारी संस्थाले ३०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

गाउापालिकाको अनुसार असोज २३ गतेभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने छ । सोही दिन दिउँसो २ बजे बोलपत्र खोल्ने गाउँपालिकाले जनाएको छ ।