close

हिउँदे घाँसको बीउ अनुदानमा माग्न शुक्लागण्डकीकाे अनुराेध

हिउँदे घाँसको बीउ अनुदानमा माग्न शुक्लागण्डकीकाे अनुराेध

Trulli
ADVERTISEMENT

तनहुँ– शुक्लागण्डकी नगरपालिकाले अनुदानमा हिउँदे घाँस (जै) को बीउ वितरण गरिने भएको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै  ५० प्रतिशत अनुदानमा हिउँदे घाँस को बीउ वितरण गर्ने जनाएकाे हो ।

नगरपालिकाको चालू आर्थिक वर्ष २०८०/०८१ हरियो घाँस विस्तार कार्यक्रम सञ्चालनको लागि ५० प्रतिशत अनुदानमा हिउँदे घाँस जैको बीउ वितरण गरिने भएको जनाएको छ ।

सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा आवश्यक कागजातसहित नगरपालिकाको पशु विकास शाखा र सेवा केन्द्रमा आवेदन दिन सकिने जनाएको छ ।