close

सरकारी जागिरकाे लागि कक्षा सञ्चालन गर्दै माण्डवी

सरकारी जागिरकाे लागि कक्षा सञ्चालन गर्दै माण्डवी

Trulli
ADVERTISEMENT

प्युठान– माण्डवी गाउँपालिकाले निशुल्क लोकसेवा कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै निशुल्क छात्रवृत्तिमा लोकसेवा कक्षा सञ्चालन गर्न लागेको जनाइएको छ ।

माण्डवी गाउँपालिकाको चालू आर्थिक वर्ष २०८० ०८१ को वार्षिक कार्यक्रमअन्तर्गत लोकसेवा कक्षा सञ्चालन गर्न लागेको हो । लोक सेवाअन्तर्गत अप्राविधिक तर्फ खरिदार, नायब सुब्बा, सहायकस्तर चौथौँ र पाचौँ तह पढ्न सकिने छ ।

इच्छुक विद्यार्थीले हस्तलिखित निवेदन, सम्पर्क नम्बर र आवश्यक कागजातसहित १५ दिनभित्रमा आवेदन दिन सकिने पालिकाले जनाएको छ ।