close

मालिकामा कर्मचारी आवश्यकता

मालिकामा कर्मचारी आवश्यकता

Trulli
ADVERTISEMENT

म्याग्दी– मालिका गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै करार सेवामा ५ जना कर्मचारी माग गरेको जनाएको छ ।

चालू आर्थिक वर्ष २०८०/०८१ का लागि प्राविधिक तथा अप्राविधिक सेवा करारमा माग गरिएको जनाएको छ । फार्मेसी सहायक पाँचौ तहमा १ जना, कृषि प्राविधिक चौथो तहमा १ जना, कार्यालय सहयोगी श्रेणी विहिन ३ जना गरी ५ जना कर्मचारी माग गरेको हो ।

इच्छुक नेपाली नागरिकले १५ दिनभित्रमा राजश्व तिरेको रसिद वा बैंक भौचर र आवश्यक कागजातसहित आवेदन दिन सकिने जनाएको छ ।