close

आलु रोप्न सिरानचोकमा सहजकर्ता आवश्यक

आलु रोप्न सिरानचोकमा सहजकर्ता आवश्यक

Trulli
ADVERTISEMENT

गोरखा - सिरानचोक गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आलु खेती विस्तार तथा व्यावसायिकरण आयोजनाको लागि एक जना सहजकर्ता माग गरेको हो । 

गाउँपालिकाको अनुसार चौथो तहमा कृषि उद्यम विकास सहजकर्ता माग गरेको हो । गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत बार्षिक सर्शत विशेष अनुदानमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

इच्छुक व्यक्तिले ७ दिनभित्र आवश्यक कागजातसहित ५०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । आवेदकहरुबीच लिखित तथा मौखिक परिक्षामार्फत प्रतिस्प्रर्धा गरी योग्य व्यक्ति छनौट गरिने सो सूचनामा जनाइएको छ ।