close

गाउँको सेवा दिन काठमाडौंमा शिविर

गाउँको सेवा दिन काठमाडौंमा शिविर

Trulli
ADVERTISEMENT

सोलुखुम्बु- सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर-११ को वडा कार्यालय तिङ्लाबाट प्रवाह हुने सेवा काठमाडौंमा अस्थायी बसोबास गर्नेले पनि पाएका छन् । 

काठमाडौंमा रहेका वडाबासीहरुलाई वडा कार्यालयबाट प्रदान गरिने विभिन्न सेवाहरु प्रदान गरी सहज बनाइएको वडा कार्यालयले जनाएको छ । बुधबार, बिहीबार र शुक्रबार ३ दिन सञ्चालन गरिएको उक्त घुम्ती शिविरबाट ८३ जना तिङलाबासीले सेवा लिएका छन् । 

घुम्ती शिविरमा जन्म दर्ता, विवाह दर्ता, बसाइसराइँका, विभिन्न खालका सिफारिसहरु गरी जम्मा ८३ जनालाई सेवा प्रदान गरिएको वडाध्यक्ष टंक कार्कीले पालिकाखबरलाई बताए ।