close

अनुदानमा पशु पालकलाई देवचुलीको अफर

अनुदानमा पशु पालकलाई देवचुलीको अफर

Trulli
ADVERTISEMENT

नवलपरासी - देवचुली नगरपालिकाले प्रस्ताव पेश गर्न स्थानीयलाई अनुरोध गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै स्थानीय बासिन्दालाई सो अनुरोध गरेको हो । 

सूचनाका अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको हो । नगरपालिकाले अनुदानमा यन्त्र, खोर निर्माण, मासु पसिल सुधार, काउ म्याट र प्रजनन योग्य बोका वितरण गर्ने जनाइएको छ । 

कार्यक्रममा सहभागी भएका स्थानीयलाई ५० प्रतिशत अनुदानमा सामग्री वितरण गरिने नगरपालिकाले जनाइएको छ । इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ३० दिनभित्र आवेदन दिन सक्ने छन् । सो कार्यक्रमको लागि नगरपालिकाले २४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।