close

मासुमा आत्मनिर्भरका लागि अनुदानमा बाख्रा प्रवर्द्धन

मासुमा आत्मनिर्भरका लागि अनुदानमा बाख्रा प्रवर्द्धन

Trulli
ADVERTISEMENT

दार्चुला - लेकम गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बाख्रा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले मासुमा आत्मनिर्भर तथा आय आर्जनमा बृद्धि गर्नको लागि सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । 

गाउँपालिकाको अनुसार कार्यक्रममा सहभागी हुन चाहने स्थानीय बासिन्दाले पालिकामा आवेदन दिन सक्ने एक सूचनामा उल्लेख गरिएको छ । सूचना प्रकासित भएको १५ दिन अर्थात् यही मंसिर २७ गतेभित्र आवेदन दिन सक्नेछन् । 

गाउँपालिकाले बाख्रा प्रवद्र्धनसम्बन्धी एउटा मात्रै कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । नेपाली नागरिकताको प्रतिलिपि, फर्म दर्ताको प्रतिलिपिलगायत विभिन्न कागजातसहित आवेदन दिन सक्ने छन् ।