close

रम्भा गाउँपालिकामा ३ जना कर्मचारी आवश्यक

रम्भा गाउँपालिकामा ३ जना कर्मचारी आवश्यक

Trulli
ADVERTISEMENT

पाल्पा– रम्भा गाउँपालिकाले करारमा कर्मचारी माग गरेको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै  ३ जना कर्मचारी माग गरेको हो ।

गाउँपालिकाको स्वास्थ्य संस्थाको लागि करार पदमा ल्याब असिष्टेन्ट, अनमी र अहेब गरी ३ जना कर्मचारी आवश्यक रहेको सूचनामा उल्लेख छ । ल्याब असिष्टेन्ट चौथो तहको लागि १ जना, अनमी चौथो तहको लागि १ जना र अहेब पाँचौ तहको लागि १ जना गाउँपालिकाले माग गरेको हो । 

इच्छुक व्यक्तिले १५ दिनभित्रमा आवश्यक कागजातसहित अहेबको लागि ५०० रुपैया र अन्य पदको लागि ४०० रुपैँया दस्तुरसहित आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।