close

‘सुलभ फार्मेसी’का लागि भाडामा घर खोज्दै महानगर

‘सुलभ फार्मेसी’का लागि भाडामा घर खोज्दै महानगर

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले नगरवासीलाई सस्तोमा औषधि उपलब्ध गराउन ‘सुलभ फार्मेसी’ सञ्चालन गर्ने भाडामा घर खोज्न थालेको छ । 

महानगरको स्वास्थ्य विभागले बुधबार गोरखापत्रमा सूचना निकाल्दै फार्मेसी सञ्चालनको लागि ५ स्थानमा घर भाडामा लिने उल्लेख गरेको छ ।

महानगरपालिकाले महाराजगञ्ज क्षेत्रमा वडा नम्बर ३ को स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकै, वीर अस्पताल क्षेत्रमा वडा नम्बर २२ को स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकै, कालीमाटी क्षेत्रमा १३ नम्बर वडाको स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकै, लैनचौर क्षेत्रमा वडा नम्बर २६ को स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकैको घर भाडामा लिने जनाएको हो ।