close

वडाको भवन बनाउन भेरीगंगाले स्थानीयसँग माग्याे जग्गा

वडाको भवन बनाउन भेरीगंगाले स्थानीयसँग माग्याे जग्गा

Trulli
ADVERTISEMENT

सुर्खेत- भेरीगंगा नगरपालिकाले निःशुल्क जग्गा वितरणका लागि स्थानीयसँग अनुरोध गरेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी निःशुल्क जग्गा वितरणका लागि स्थानीयसँग अनुरोध गरेको हो । 

सूचनाका अनुसार नगरपालिकाले वडा नम्बर ३ को प्रशासकीय भवन निर्माण गर्नको लागि जग्गा माग गरेको हो । वडा कार्यालय निर्माण गर्नका लागि पालिकाले एक रोपनीप् जग्गा माग गरेको सो सूचनामा उल्लेख गरेको छ । 

इच्छुक व्यक्तिले जग्गा दान गर्न खोजेको आशय, जग्गाको लालपुर्जाको प्रतिलिपी र जग्गाधनीको नागरिकताको फोटोकपीसहित आवेदन दिन सक्ने छन् । इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र नगरपालिकामा आवेदन दिन सक्नेछन् ।