close

बाँसजन्य सामग्री निर्माणका लागि तालिम दिँदै वालिङ

बाँसजन्य सामग्री निर्माणका लागि तालिम दिँदै वालिङ

Trulli
फाइल तस्बीर
ADVERTISEMENT

स्याङ्जा– वालिङ नगरपालिकाले बाँसजन्य वस्तुको तालिम दिने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार बाँसजन्य सामग्री उत्पादन तालिम सञ्चालन गरिने जनाएको छ । 

नगरपालिकाले वडा नं.- ११ र ९ बाट माझी र बोटे समुदायबाट ६ जना र अन्य समुदायबाट १४ जना गरी जम्मा २० जनालाई तालिम दिने जनाइएकाे छ।

इच्छुक व्यक्तिले १० दिनभित्रमा आवश्यक कागजातसहित रोजगार सेवामा आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।