close

चौतारा साँगाचोकगढीमा बुहारी शिक्षा

चौतारा साँगाचोकगढीमा बुहारी शिक्षा

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– चौतारा साँगाचोकगढी नगरपालिकाले बुहारी शिक्षा कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ । नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा 'नगरको इच्छा–नारीलाई शिक्षा' कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको हाे ।

आर्थिक वर्ष २०८०र/८१ को वार्षिक नगर विकास योजना अनुसार 'नगरको इच्छा–नारीलाई शिक्षा' भन्ने नाराका साथ बुहारी शिक्षा कार्यक्रम सञ्चालन गरिने जनाएको छ । नगरपालिकाभित्रका इच्छुक र शैक्षिक संस्थामा तथा जनविरे भ्याली क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत बुहारीलाई छात्रावृत्ति प्रदान गरिने सूचनामा उल्लेख छ ।


 इच्छुकले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।