close

व्यवसायिक पशुपंक्षी पालनका लागि तालिम दिँदै मंगला

व्यवसायिक पशुपंक्षी पालनका लागि तालिम दिँदै मंगला

Trulli
ADVERTISEMENT

म्याग्दी– मंगला गाउँपालिकाले व्यवसायिक पशुपंक्षी तालिमको लागि स्थानीय बासिन्दासँग निवेदन गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रमअनुसार गाउँपालिका क्षेत्रका कृषकलाई तालिम उपलब्ध गराइने जनाएको छ ।

गाउँपालिका क्षेत्रभित्रका कृषकलाई व्यवसाय सञ्चालान गर्न कुखुरा पान, गाई/भैसी पालन र बाख्रा पालन सम्बन्धी तालिम सञ्चालन गरिने सूचनामा उल्लेख छ ।

तालिम लिएर व्यवसाय गर्न इच्छुक कृषक व्यक्ति/कृषकले १५ दिनभित्रमा आवेदन दिन सकिने गाउापालिकाले जनाएको छ ।