close

'उत्कृष्ट कृषक पुरस्कार तथा सम्मान कार्यक्रम' गर्दै बूढानीलकण्ठ

'उत्कृष्ट कृषक पुरस्कार तथा सम्मान कार्यक्रम' गर्दै बूढानीलकण्ठ

Trulli
ADVERTISEMENT

काठमाडौं– बूढानीलकण्ठ नगरपालिकाले 'उत्कृष्ट कृषक पुरस्कार तथा सम्मान कार्यक्रम' गर्ने भएको छ । नगरपालिकाको पशु सेवा शाखाको आव २०८०/०८१ को स्वीकृत अनुसार सो कार्यक्रम गरिने जनाएको छ ।

नगरपालिकाअन्तर्गत फार्म दर्ता गरी व्यवसायी रुपमा गाईभैंसी तथा बाख्रापालन गरिरहेका कृषकले उत्कृष्ट कृषक पुरस्कार तथा सम्मान कार्यक्रममा सहभागी गर्न सकिने सूचनामा उल्लेख छ ।

इच्छुकले व्यवसायीले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।