close

दुप्चेश्वरमा तीन दिन सार्वजनिक बिदा

दुप्चेश्वरमा तीन दिन सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

नुवाकोट– दुप्चेश्वर गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ । बुधबार गाउँपालिकाले एक सूचना जारी गर्दै यहि माघ २६, २७ र २८ गते स्थानीय बिदा दिएको हो । 

तामाङ समुदाय तथा बौद्ध धर्मालम्बीहरुको महान चाड मञ्जु श्री संवत २८६० औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा गाउँपालिकाले बिदा दिन लागेको हो । गाउँकार्यपालिकाको निणर्यअनुसार सो दिन गाउँपालिकाको कार्यलयका साथै पालिकाअन्तर्गतका निकायहरुमा सार्वजनिक बिदा दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत दिपेश रिजालले जारी गरेको सूचनामा उल्लेख छ ।