close

बेरोजगारीमा सूचीकृत हुन छथर जोरपाटीको अनुरोध

बेरोजगारीमा सूचीकृत हुन छथर जोरपाटीको अनुरोध

Trulli
ADVERTISEMENT

धनकुटा - छथर जोरपाटी गाउँपालिकाले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

गाउँपालिकाले न्यूनतम आय भएका तर स्वरोजगारमा संलग्न नभएका स्थानीय बासिन्दालाई लक्षित गरी सो सूचना जारी गरेको हो । १८ वर्ष देखि ५९ वर्षभित्रका उमेर समूहले फागुन मसान्तसम्म आवश्यक कागजातसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

सूचीमा सूचीकृत भई बेरोजगारमा छनौट भएका व्यक्तिलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षमा १०० दिन रोजगारी दिने पालिकाले जनाएको छ ।