close

सडकका अव्यवस्थित सामग्री हटाउन बराहक्षेत्रको निर्देशन

सडकका अव्यवस्थित सामग्री हटाउन बराहक्षेत्रको निर्देशन

Trulli
ADVERTISEMENT

सुनसरी- बराहक्षेत्र नगरपालिकाले सडकका अव्यवस्थित सामग्री हटाउन निर्देशन गरेको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गरी सडक क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका संरचना तथा सामग्री हटाउन निर्देशन दिएको हो । 

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुृर मल्लले जारी गरेको सो सूचनामा सडकको अधिकार क्षेत्र अतिक्रमण गरी दायाँ र बायाँ अव्यवस्थित रुपमा निर्माण लगायत अन्य सामग्री जथाभावी बाध्ने गरेका पशु चौपाया हटाउनको लागि निर्देशन दिएको हो । सडकमा जथाभावी सामग्री राखिएकोले दुर्घटनासमेत बढेका सो सूचनामा उल्लखे गरिएको छ । 

साथै यही चैत २७ गतेदेखि बैशाख २८ गतेसम्म लाग्ने महाकुम्भ मेलामा आवातजावत गर्ने दर्शालुलाई मध्येनजर गरी सामग्री हटाउन निर्देशन दिएको नगरपालिकाले जनाएको छ । सो सामग्री नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्थाअनुरुप कारबाही गरिने सो सूचनामा उल्लेख गरिएको छ ।