close

विद्युत जडानसम्बन्धी तालिम दिँदै लिखु

विद्युत जडानसम्बन्धी तालिम दिँदै लिखु

Trulli
ADVERTISEMENT

ओखलढुंगा- लिखु गाउपालिकाले विद्युत जडानसम्बन्धी तालिम दिने भएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै तालिम दिने जनाएको हो । 

सूचनाका अनुसार गाउँपालिकाले सीप विकास तालिम केन्द्रसँग सहकार्य गरी तीन महिने तालिम सञ्चालन गर्न लागेको हो । गाउँपालिकाले पालिकाभित्रका १५ जना स्थानीय बासिन्दालाई तालिम दिने सो सूचनामा उल्लेख गरिएको छ । तालिममा सहभागी हुन चाहने स्थानीय बासिन्दाले सूचना प्रकासित भएको एक हप्ताभित्र आवेदन दिन सक्ने छन् ।