close

झापामा बाली शिविर

Trulli
ADVERTISEMENT

झापा । झापा गाउँपालिकाले बाली शिविर सञ्चालन गर्ने भएको छ । कृषि ज्ञानकेन्द्र भद्रपुरको आयोजना तथा गाउँपालिकाको समन्वयमा बाली शिविर गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार पालिकाभित्र खेती भइरहेका बालीमा देखिएको समस्या तथा किरा नियन्त्रणका लागि सो शिविर गर्न लागेको हो । 

गाउँपालिकाको वडा नम्बर ४ कार्यालय भवनमा १५ गते शिविर हुने जनाइएको छ । शिविर बिहान १० बजेदेखि ४ बजेसम्म हुने छ ।