close

सडक क्षेत्रको रुख हटाउन लिखुपिकेको निर्देशन

सडक क्षेत्रको रुख हटाउन लिखुपिकेको निर्देशन

Trulli
ADVERTISEMENT

सोलुखुम्बु - लिखुपिके गाउँपालिकाले सडक क्षेत्रको विरुवा हटाउन निर्देशन दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो निर्देशन दिएको हो । 

सो सूचनाका अनुसार पालिकाभित्रका सबै वडामा विद्युत लाइन विस्तार कार्य भइरहेको हुँदा सो केन्द्रीय लाइन विस्तार गर्ने क्रममा मेन लाइन विस्तार भए ठाउ वरपरको रुख हटाउन निर्देशन दिएको हो । 

सो क्षेत्रमा जग्गा पर्ने स्थानीय बासिन्दाले रुख हटाउनु पर्ने सो सूचनामा उल्लेख गरिएको छ । रुख हटाई केन्द्रीय लाइन विस्तार गर्न गाउँपालिकाले अनुरोध गरेको जनाइएको छ ।