close

एक रुपैयाँ अनुदानका लागि प्रस्ताव माग

एक रुपैयाँ अनुदानका लागि प्रस्ताव माग

Trulli
ADVERTISEMENT

इलाम - सन्दकपुर गाउँपालिकाले दूध उत्पादक कृषकलाई अनुदानका लागि प्रस्ताव माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै दूध उत्पादक कृषकसँग प्रस्ताव माग गरेको हो । 

गाउँपालिकाले दूग्ध उत्पादन प्रवद्र्धन कार्यक्रम इच्छुक व्यक्तिले पालिकामा आवेदन दिन सक्ने छन् । गाउँपालिकाले प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान दिन लागेको हो । दूध उत्पादन कृषकलाई प्रोत्साहन दिनको लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको पालिकाले जनाएको छ । 

इच्छुक संस्थाले फागुन २२ गतेभित्र आवश्यक कागजातसहित पालिकामा आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।