close

दररेट पेश गर्न रुपनीको अनुरोध

दररेट पेश गर्न रुपनीको अनुरोध

Trulli
ADVERTISEMENT

सप्तरी - रुपनी गाउँपालिकाले चालु आर्थिक वर्षका विभिन्न कार्यक्रमको दररेट पेश गर्न अनुरोध गरेको छ । गाउँपालिकाले सोमबार विभिन्न सूचना जारी गरी दररेट पेश गर्न अनुरोध गरेको हो । 

गाउँपालिकाले पशु विकास शाखाको बर्षे घाँसअन्तर्गत टियोसेन्टी घाँसको बीउको लागत अनुमानको दररेट, माछाको दानाको लागत अनुमान, च्याफकटर मेसिनको लागत अनुमान, पशुहरुको एचएसक्यूबी, कम्बाइण्ड भ्याक्सिनको लागत अनुमानको दररेट, मोटरसाइकलको मर्मतको दररेट पेश गर्न अनुरोध गरेको हो । 

गाउँपालिकाका अनुसार सम्बन्धित निकायले सूचना प्रकासित भएको सात दिनभित्र दररेट पेश गर्नुपर्ने छ ।