close

कुम्मायकमा करार सेवामा कर्मचारी माग

कुम्मायकमा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

पाँचथर - कुम्मायक गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार स्थानीय सरकारबाट १५ शैयाको कुम्मायक अस्पताल सञ्चालनका लागि कर्मचारी माग गरेको हो । गाउँपालिकाले मेडिकल अधिकृत एक जना, फार्मेसी सहायक एक जना र रेडियोग्राफर एक जना गरी तीन जना कर्मचारी माग गरेको हो । 

इच्छुक व्यक्तिले आवश्यक कागजात तथा दस्तुरसहित आवेदन दिन सक्नेछन् । आवेदकहरुबिच अन्तर्वार्ता गरी योग्य व्यक्ति छनौट गरिने सो सूचनामा उल्लेख गरिएको छ ।