close

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

Trulli
ADVERTISEMENT

धनकुटा - छथर जोरपाटी गाउँपालिकाले फागुन २७ गते सार्वजनिक विदा दिने भएको छ । गाउँपालिकाले आफ्नो सातौँ स्थापना दिवसको अवसरमा आइतबार सार्वजनिक विदा दिन लागेको हो । 

गाउँपालिकाकाे फागुन २३ गते बसेको कार्यपालिका बैठकबाट २७ गते भव्य रुपमा स्थापना दिवस मनाउने निर्णय भएको जनाइएको छ । गाउँपालिकाले कार्यपालिका भवनमा स्थापना दिवस मनाउने छ । 

सो दिन पालिकाभित्रका सबै सरकारी कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय र संघसंस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएको छ ।