close

छत्रकोट गाउँपालिकाका ४९ विद्यालयमा मोबाइल निषेध

छत्रकोट गाउँपालिकाका ४९ विद्यालयमा मोबाइल निषेध

Trulli
ADVERTISEMENT

गुल्मी । छत्रकोट गाउँपालिका अन्तर्गतका विद्यालयहरूमा मोबाइल निषेध गरिएको छ । 

विद्यार्थीको पढाइमा असर गरेको भन्दै गाउँपालिकाको गाउँ शिक्षा समितिको भदौ ९ गते बसेको बैठकले सबै विद्यालयमा मोबाइल प्रतिबन्ध गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । विद्यालय हाताभित्र मोबाइल फोनको प्रयोग अत्यधिक बढेपछि विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष प्रभाव परेकोले यस्तो निर्णय लिएको गाउँपालिकाले जनाएको हो

यसअघि विद्यालयहरूमा मोबाइलको प्रयोग नगर्न आग्रह गरिए पनि कार्यान्वयन नभएपछि  नियम नै बनाएर अगाडि बढ्नु परेको हो ।

छत्रकोट गाउँपालिकामा ४२ वटा सामूदायिक विद्यालय र सात वटा संस्थागत विद्यालय गरी ४९ वटा विद्यालयहरू छन् ।