close

मेयरको मासिक तलबबाट रंगेलीका सबै वडामा फ्रि वाइफाइ

मेयरको मासिक तलबबाट रंगेलीका सबै वडामा फ्रि वाइफाइ

Trulli
ADVERTISEMENT

मोरङ । स्थानीय तहमा जनप्रतिनिधिले जनअपेक्षा बमोजिम काम गर्‍यो भने जनताले सधैँ विश्वास गर्छन् भन्ने उदाहरण बनेका छन्, मोरङको रंगेली नगरपालिकाका मेयर दिलिपकुमार अग्रवाल । 

मेयर अग्रवालले २०७४ सालमा पहिलो पटक निर्वाचित हुदाँ आफूले पाउने सबै सेवा सुविधाबाट जनतालाई नि:शुल्क वाईफाईको व्यवस्था गरिदिएका थिए । जनता सानातिना आवश्यकतामा ध्यान दिँदा उनी फेरि एक पटकनगरप्रमुखमा विजयी बनेका छन् ।

मोरङ्गको रंगेली-७ की बासिन्दा गंगा रावतका धेरैजसो आफन्त विदेशमा छन् । नगरप्रमुख अग्रवालले पहिलो कार्यकालमा पाउने सबै सेवा सुविधाबाट नि:शुल्क वाईफाई राखेपछि आफन्तसँग दैनिकजसो कुराकानी गर्न उनलाई सजिलो भएको बताउँछिन् । विदेशमा मात्रै होइन स्वदेशमै रहेकाहरूसँग खुलेर कुराकानी गर्न पाएका छन् । अहिले नि:शुल्क इन्टरनेट चलाउन पाउँदा उनि दंग छिन् । 

अहिले रंगेलीका सबै वडामा नि:शुल्क ईन्टरनेटको पहुँच छ । बढ्दो प्रविधिको प्रयोग, दैनिक रुपमा विदेशमा रहेका आफन्तको हालखवर बुझ्न नै लागि आफूले निशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको नगर प्रमुख अग्रवालले बताए ।

२०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित भए लगत्तै कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका अग्रवालले मासिक रुपमा आउने तलबभत्ताको केही अंश नि:शुल्क वाईफाईमा खर्च गर्दै आएका छन् ।