close

बाँसगढी नगरपालिकाको सबै सूचना स्थानीयको मोबाइलमा

बाँसगढी नगरपालिकाको सबै सूचना स्थानीयको मोबाइलमा

Trulli
ADVERTISEMENT

बर्दिया । बाँसगढी नगरपालिकाले नगरपालिकाका सबै सूचना स्थानीयको मोबाइलमा सम्प्रेशन गर्ने भएको छ । 

नगरपालिकाको सूचना तथा प्रविधि शाखामार्फत सबै सूचना तथा गतिबिधिहरू स्थानीयको मोबाइलमा एसएमएस गर्नका लागि सबै तयारी पूरा भएको नगरपालिकाले जनाएको छ । स्थानीयले एसएमएसमार्फत सूचपा प्राप्त गर्नको लागि आफ्नो फोन नम्बर भने दर्ता गर्नुपर्ने छ । नगरपालिकामा दर्ता भएका मोबाइलमा सबै सूचनाहरू पठाइने नगरपालिकाले जनाएको छ । 

बाँसगढी नगरपालिकाको सूचना नगरवासीको हात हातमा अभियान अन्तरर्गत उक्त सेवा आजदेखि सुरु गरिएको नगरपालिकाले जनाएको छ । यसबारे थप जान्न बाँसगढी नगरपालिकाको सूचना तथा प्रविधि शाखामा सम्पर्क राख्नसमेत नगरपालिकाले अनुरोध गरेको छ ।