close

नरैनापुरको अभ्यास : विपद् सूचना व्यवस्थापन प्रणाली

नरैनापुरको अभ्यास : विपद् सूचना व्यवस्थापन प्रणाली

Trulli
ADVERTISEMENT

बाँके । नरैनापुर गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विपद् सूचना व्यवस्थापन प्रणाली लागू गर्ने भएको छ । 

नरैनापुर गाउँपालिकामा ‘सेभ द चिल्ड्रेन’को सहयोगमा एसडिएफले आयोजना गरेको पोर्टल स्थानीयकरणसम्बन्धी अभिमुखीकरण कार्यशाला गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पोर्टलमार्फत विपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिमसम्बन्धी जानकारी लिन सकिने बताए । उनले क्षमता र संशोधनका विभिन्न तथ्याङ्क र सूचना लिन सहज हुने भएकाले उक्त पोर्टल सञ्चालनका लागि गाउँपालिकाले भूमिका खेल्ने बताए । 

कार्यशालालाई सहजीकरण गर्दै आइएचआरआरका टिम लिडर सुरज गौतमले विपद् पोर्टलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि चाहिने पूर्वतयारी, पूर्वचेतावनी र प्रतिकार्यमा सुदृढ पार्ने क्षमता राख्ने बताए । 

कार्यशालामा सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक शेर रौलेले विपद् पोर्टलले जलविज्ञान र मौसमसम्बन्धी खतरा सीमा पार गर्दा विपद् पोर्टलमा चेतावनी सूचना प्रदर्शित हुने बताए । 

कार्यक्रममा नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले पोर्टल सञ्चालनमा आइसकेपछि सूचना र तथ्याङ्कलाई थप अद्यावधिक गर्ने प्रतिबद्धता व्यक्त गरे ।