close

‘अब चरो स्वतन्त्र भयो’

‘अब चरो स्वतन्त्र भयो’

Trulli
ADVERTISEMENT

काठमाडौं । सोसल मिडिया कम्पनी ट्विटरको मालिक बनेका  एलन मस्कले अब चरो स्वतन्त्र भएको बताएका छन् । उनले आज द्विट गर्दै यस्तो बताएका हुन् । 

इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सिइओ तथा विश्वकै धनाढ्य व्यक्ति मस्कले ४४ अर्ब अमेरिकी डलरमा द्विटर किनेका हुन् । 

ट्विटरको लोगोमा एउटा चराको आकार छ । त्यसैलाई संकेत गर्दै मस्कले चरा स्वतन्त्र भएको बताएका हुन् । स्वामित्व आफूले लिएपछि मस्कले ट्विटरका प्रमुख कार्यकारी अधिकृतसहित उच्च कर्मचारीलाई बर्खास्त गर्न सुरू गरेका द न्युयोर्क टाइम्सले लेखेको छ । 

समाचारअनुसार बिहीबार सिइओ पराग अग्रवालसहित चिफ फाइनान्सियल अफिसर नेड सेगल,  लेगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेडलाई बर्खास्त गरेका हुन् ।